बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिन सांसदको माग « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिन सांसदको माग


104
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य बिमला नेपालीले यस वर्ष बाढी, पहिरोबाट हुने क्षतितर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले यस वर्ष बर्षाका कारण ठूलो जनधनको नोक्सानी हुन सक्ने भन्दै सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डमा पहिरोका कारण यात्रुले कष्ट भोगेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्तले ट्राफिक प्रहरीले सवारी साधन चेक गरेर हैरान पारेको बताउनुभयो । उहाँले सरकारले लाइसेन्स नहुनेलाई गाडी दिनु नहुने बताउनुभयो । उहाँले गाडी आयात नगर्न र लाइसेन्स तुरुन्त दिन माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य विमला बि.क.ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेलाई अपशब्द प्रयोग गरेका कारण सरकारले कारबाही गरे नगरेको बारे प्रश्न गर्नुभयो । उहाँले मन्त्री आलेको सो शब्द गठबन्धन जोगाउने अमृतवाणी नै भयो कि भन्ने ब्यंग्य समेत गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले राजधानि काठमाडौंलाई जलमग्न हुनबाट बचाउन राजधानी काठमाडौंका प्राकृतिक खहरे खोला, राजकिलो, टुकुचा, धोविखोलालाई नापनक्सा गरी पूर्ववत अवस्थामा ल्याइनुपर्ने बताउनुभयो । त्यसैगरी काठमाडौंका डाडाँमा भइरहेका अतिक्रमण पनि रोक्नुपर्ने उहाँले बताउनुभयो ।