काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा थप एक भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्बाट निर्णय गराई सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा उनीविरुद्ध मुद्दा पेस गरेको हो।
अख्तियारका अनुसार विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको देखिएको छ। हाल उक्त मुद्दा अदालतमा रुजु हुने प्रक्रियामा छ।
यसअघि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा अहिले विचाराधीन अवस्थामा छ।









प्रतिक्रिया दिनुहोस्