Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


विवादमा तानिएपछि न्यायाधीश हरि फुयाल तिहारसम्म बिदामा


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदा सकिएपछि मात्रै अदालत फर्किने भएका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार उनी मंगलबारदेखि शुक्रबारसम्मका लागि बिदामा बसेका हुन् ।

शुक्रबारपछि तिहारको सार्वजनिक बिदा सुरु हुने भएकाले उनी आगामी ३० कात्तिकमा मात्रै अदालतमा उपस्थित हुनेछन् । तिहारका कारण आगामी साताभर अदालतमा सार्वजनिक बिदा रहनेछ ।

उच्चपदस्थ अधिकारीहरूसँग सेटिङ मिलाउने प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग न्यायाधीश फुयालले होटल हिमालयमा भेट गरेको विवरण सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठेको थियो । उक्त विषय बाहिरिएपछि फुयालले सापकोटासँगको भेटका कारण आफूले विचाराधीन मुद्दामा कुनै प्रभाव नपारेको भन्दै स्पष्टीकरण दिएका थिए ।

Skip This