कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध


78
Shares

काठमाडौं । कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ ।

बागलुङको जैमिनी नगरपालिकामा ठाउँ ठाउँमा पहिरो खसेपछि राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध भएको हो ।

जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका यात्रीहरू समस्यामा परेका छन् । अवरुद्ध सडक खुलाउन सडक विभागले चासो नदिएको स्थानीयको गुनासो छ ।

पहिरो पन्छाउँदै सडक सञ्चालन गरे पनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीय बताउँछन् ।