९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


मदन भण्डारी र जीवराज आश्रितकाे शालिकमा तोडफोड


1.157k
Shares

मकवानपुर । हेटौंडा–९ को दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितका शालिक तोडफोड गरिएको छ ।

बिहिबार राती अज्ञात समूहले पार्कमा प्रवेश गरी शालिक तोडफोड गरेका हुन् । आज (शुक्रबार) बिहान पार्कमा घुम्न गएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि खबर गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घटनाको अनुसन्धान थालेको छ । पार्कका अन्य संरचनामा क्षति नपुर्याई मदन–आश्रितको शालिक मात्रै तोडफोड हुनुले राजनीतिक प्रतिशोध साँध्न खोजेको देखिएको नेकपा एमालेका नेताहरुले बताएका छन्।

आश्रितको शालिक पूरै उखेलेर फालिएको छ भने भण्डारीको शालिकको टाउको भाँचेर ५० मिटर पर फालिएको छ ।