फिलिपिन्समा बाढी पहिरो र आँधी, मृतकको संख्या ५० पुग्यो « Imagekhabar – Online News Portal of Nepal


फिलिपिन्समा बाढी पहिरो र आँधी, मृतकको संख्या ५० पुग्यो


325
Shares

एजेन्सी । फिलिपिन्समा बाढी पहिरो र आँधीका कारण मृत्यु हुनेको संख्या ५० नाघेको छ ।

पहिरोका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ५० नाघेको छ । मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ ।

आँधीका कारण आएको बाढी तथा पहिरोमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

उद्धारकर्मीहरू अहिले पनि देशको पूर्वी, दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन् । यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो ।

आँधीबाट जोगिन १३ हजार बढी मानिस सुरक्षित स्थानमा गएका छन् । भारी वर्षा र तीव्र गतिको हावाका कारण विद्युत आपूर्ति बन्द भएको छ भने घरमा बाढी पसेको छ ।

लेदो सहितको पहिरोले गाउँको जनजीवन प्रभावित भएको छ ।