Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


निर्वाचन मितव्यायी रूपमा सम्पन्न गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अपिल


78
Shares

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आगामी स्थानीय तहको निर्वाचन मितव्यायी रूपमा सम्पन्न गर्न सात सरोकारावाला पक्षसँग अपिल गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सी नेपालले आम नागरिकको दैनिकीसँग सम्बन्धित सेवाप्रवाह गर्ने सबैभन्दा नजिकको राज्य संयन्त्र स्थानीय तह भएकाले पनि निर्वाचनलाई निश्पक्ष, भयरहित, विश्वसनीय बनाउन सरोकारवाला पक्षसँग आह्वान गरेको हो ।

ट्रान्सपरेन्सीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकारको र विश्वसनीय र निष्पक्ष बनाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

टिआइ नेपालले उपयुक्त, सक्षम, सेवामुखी र योग्य उमेद्वार छनोट गर्न राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमार्फत टिआइ नेपालले आम–मतदातालाई आफ्नै हातले आफू र आफ्ना सन्ततिको भविष्य सुनिश्चित गर्ने यो अवसरमा नचुक्न पनि आग्रह गरेको छ ।

यसैगरि आफूले दिएको चन्दा र सहयोग पारदर्शी बनाउन उद्योगी, व्यवसायी र अरू चन्दादातालाई आग्रह गरेको छ भने सञ्चारमाध्यमहरूलाई निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्न सुझाव दिएको छ ।