Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


क्यालिफोर्नियामा प्रहरी र बन्दुकधारीबीच भिडन्त हुँदा ६ जनाको मृत्यु, ९ घाइते


338
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रेमेन्टोमा बन्दुकधारी समुह र प्रहरीबीच भिडन्त हुँदा ६ जनाको मृत्यु भएको छ ।

घटनामा कम्तीमा ९ जना घाइते भएका छन् । साक्रेमेन्टोमा गोली हानाहान भएपछि प्रहरीले राज्यभर यातायात सेवा बन्द गरी स्थिति नियन्त्रणमा लिएको थियो । अमेरिकामा विगत केही वर्ष यता बन्दुक आक्रमण बढ्दै गएका छन । सन् २०२० को चुनावको शिलशिलामा तनाव बढेसँगै बन्दुक बिक्रीमा वृद्धि हुनु र कोभिड–१९ महामारीका कारण भएको आर्थिक तथा सामाजिक व्यवधानले हिंसात्मक गतिविधिमा वृद्धि भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन ।

बन्दुक हिंसाको तथ्याङ्क सङ्कलन गर्न सक्रिय अनुसन्धान समूह, ‘गन भाएलेन्स अर्काइभ’ ले गरेको अध्ययन अनुसार यो वर्ष मात्रै अमेरिकामा बन्दुक हिंसाका कारण १७ हजार मानिस घाइते भएका छन् भने सयौंको मृत्यु भएको छ ।

साेही अवधिमा अमेरिकामा कम्तिमा १ सय १० स्थानमा सामुहिक आक्रमण भएका छन् ।