
काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरीको युगल गीत “रुप्स्या काली” सार्वजनिक भएको छ ।
गायक शाहीको आफ्नै युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । लोक फ्युजन शैलीको गीतमा जासेफ र चर्चित गायिका अस्मीता अधिकारीको युगल गायन रहेको छ । सुदुर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट भाषा गीतका शब्दमा प्रयोग गरिएको छ । आफैले सिर्जना गरेका शब्दमा गायक जोसेफले नै संगीत भरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन रहेको छ ।
गीतको भिडियोमा अहिलेका चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । बसन्त कुवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रङ्ग सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।
गीतको भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्