Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


फेरि बढ्याे सुनचाँदीको मूल्य


416
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला २ हजार तीन सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार तोलामा ३ हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला ४ हजार ६ सय २५ रूपैयाँमा कारोबार भएको थियाे। चाँदी शुक्रबार तोलामा ४ हजार ७ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय ५० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार ३ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।