
काठमाडौं । चीनको संघीय राजधानी बेइजिङमा हुन लागेको शीतकालिन ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम बढेको बेला खेलकुद प्रतियोगितामा सहभागीमध्ये १२ जनामा कोरोना पुष्टि भएको हो ।
प्रतियोगिताका लागि बुधबारसम्ममा १ हजार ६ सय ८२ जना बेइजिङ पुगेका छन् । तीमध्ये १ हजार ४२ जना खेलाडी छन् भने ६ सय ४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन् ।
प्रतियोगितामा सहभागी हुन आएका सबैको पीसीआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्