काठमाडौं । जापानमा जारी २० औं एशियाली खेलकुदमा नेपालको पुरुष कबड्डी टोलीले लगातार दोस्रो हार व्यहोरेको छ ।
टोकाइ सिटिजन जिम्नेसियममा मंगलबार बिहान भएकाे खेलमा समूह ‘बी’ अन्तर्गतको नेपाललाई पाकिस्तानले ५८–४३ ले पराजित गरेको हो ।पहिलो हाफमा खराब प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भने कडा टक्कर दिएको थियो । तर, त्यो जितका लागि पर्याप्त बन्न सकेन ।
पहिलो हाफ नेपालले १७–३० ले गुमाएको थियो । दोस्रो हाफमा नेपाल २६-२८ ले पछि पर्यो । नेपालले रेड र ट्याकलबाट २८, बोनसबाट ११, अलआउट र सुपर ट्याकलबाट दुई–दुई अंक जोडेकाे छ।
पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा मलेसियालाई ६५–२२ ले पराजित गरेकाे थियो । नेपालले मंगलबारै इरानसँग सामना गर्ने भएकाे छ ।









प्रतिक्रिया दिनुहोस्