काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला १ हजार ७ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार तोलामा एक सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख २ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएको छ।मंगलबार सुन प्रतितोला ३ लाख २ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार प्रतितोला ४ हजार ७ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । तर चाँदी बुधबार भने तोलामा ४ हजार ८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य म्रगलबारको तुलनामा प्रतितोला ४० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ३ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्