काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुद अन्तर्गत नेपालले बुधबार ७ खेलमा प्रतिस्पर्धा गर्दैछ।
नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुने भएकाे हाे। नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा बुधबार चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार बुधबार अपराह्न साढे ४ बजेदेखि शुरु हुने भएकाे हाे ।
समूह चरणमा चिनियाँ ताइपेई, नेपाल, श्रीलंका र थाइल्यान्ड छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने भएका हुन् । सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एशियाली खेलकुदमा कास्यपदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यस पटक पनि पदकको आशा गरिएको छ। नेपालले यसअघि समूहको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरिसकेको हाे ।
चिनियाँ ताइपेईलाई बुधबार पराजित गर्न सकेमा नेपालको सेमिफाइनल यात्रा थप सहज बन्ने भएकाे छ। महिला कबड्डीसँगै बुधबार नेपालका खेलाडीले पौडी, बक्सिङ, कराते, स्क्वास, टेबलटेनिस र उसुमा प्रतिस्पर्धा गर्ने तालिका रहेकाे हाे।
नेपालले जारी एशियाली खेलकुदमा अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन । नेपालबाट प्रतियोगितामा २१ खेलमा १ सय ३५ जना खेलाडी सहभागी भएकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जाएकाे हाे।










प्रतिक्रिया दिनुहोस्