अफगानिस्तानमा महिलाहरुलाई एक्लै लामो दूरीको यात्रा गर्न प्रतिबन्ध « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Tue Sep 27 2022


अफगानिस्तानमा महिलाहरुलाई एक्लै लामो दूरीको यात्रा गर्न प्रतिबन्ध

सवारी साधनमा गीत संगीत पनि बजाउन नपाइने

169
Shares

एजेन्सी । अफगानिस्तानका महिलाहरुलाई एक्लै लामो दुरीको यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । तालीवान सरकारले एक उर्दी जारी गर्दै कुनै पनि महिलाले मध्यम र लामो दुरीको यात्रा गर्दा नातेदार पुरुष साथमा हुनुपर्ने भनिएको छ ।

तालीवानले सम्बन्धित मन्त्रालयलाई यो नियम तत्काल लागु गर्न निर्देशन दिंदै ७२ किलोमिटर भन्दा बढी दुरीको यात्रामा महिलाले एक्लै यात्रा गर्न नपाउने जनाएको छ ।

यस्तै कुनै पनि गाडीमा गीत संगीत बजाउन नपाइने नियम पनि लागु गरेकोे छ । यसअघि उनीहरुले टेलिभिजन च्यानलहरुलाई निर्देशन दिंदै टेलिश्रंखला र नाटक प्रदर्शनमा रोक लगाएका थिए । तालीवानको पछिल्लो उर्दीप्रति पनि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।