जर्मनमा काेराेना खाेप अनिवार्य : कि खोप लगाएर निको हाेऊ, नत्र मर भन्दै सरकारले दियो चेतावनी « Image Khabar


जर्मनमा काेराेना खाेप अनिवार्य : कि खोप लगाएर निको हाेऊ, नत्र मर भन्दै सरकारले दियो चेतावनी



एजेन्सी । कोराना संक्रमण नियन्त्रणका लागि युरोपभर लकडाउनको लहल चलेको बेला जर्मनीले आफ्ना नागरिकलाई खोप अनिवार्य गर्ने तयारी गरेको छ ।

जर्मन सरकारले कि खोप लगाएर निको होऊ नत्र मर भन्ने चेतावनी जारी गर्दै अनिवार्य खोप कार्यक्रम शुरु गर्ने संकेत गरेको हो ।
जर्मन स्वास्थ्य मन्त्री जेन्स स्पानले यो हिउँदको अन्तसम्ममा प्रत्येक जर्मन नागरिकलाई कि खोप लगाएर सुरक्षित बनाइने वा मृत्युका लागि छाडिदिने बताएका छन् ।

जर्मनीका कतिपय क्षेत्रमा तीव्र संक्रमण दरका कारण लकडाउन गर्नु परेको र अस्पतालहरु विरामीले भरिभराउ हुन थालेको सन्दर्भमा स्वास्थ्यमन्त्री स्पानले यस्तो चेतावनी दिएका हुन ।

सत्ताबाट बाहिरिंदै गरेकी चान्सलर एंगेला मर्केलले पनि कारोना नियन्त्रणका लागि सरकारले चालेका नियन्त्रणकारी कदमहरु पर्याप्त नभएको भन्दै संक्रमणको गति नाटकीय रुपमा बढेकाले कठोर कमद जरुरी देखिएको बताएका छन् ।

जर्मनीमा हरेक हप्ता संक्रमित दर दोब्बरले बढिरहेको छ । हिजो सोमबार मात्रै ३० हजार बढी संक्रमित फेला परेका छन् भने ६२ जनाको मृत्यु भएको छ ।