२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


लुम्बिनी प्रदेशले ३ प्रतिशत पनि विकास खर्च गर्न सकेन


0
Shares

काठमाडौं, मंसिर ४ । लुम्बिनी प्रदेशको चार महिनामा तीन प्रतिशत पनि विकास खर्च गर्न सकेको छैन ।

अघिल्लो वर्ष शतप्रतिशत विकास खर्च भएको प्रदेशमा बाँकी आठ महिनामा विकास खर्चले लक्ष पूरा गर्न नसकीनेअवस्था देखिएको हो ।

प्रदेशको कुल विकास बजेट २२ अर्ब ४७ करोड मध्ये ६३ करोड ५७ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय बुटवलले जनाएकोछ ।

यो कुल विकास बजेटको २.८३ प्रतिशत हो । प्रदेशमा समग्र बजेटको ७.६१ प्रतिशत खर्च भएको छ ।

कुल बजेट ४० अर्ब ९५ करोड मध्ये दुई अर्ब ८७ करोड खर्च भएको छ । चार महिनाको अवधिमा सबैभन्दा धेरै खर्च मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको छ, भने कानून, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयले विकास बजेट खर्च नै गर्न सकेको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दुई करोड २८ लाख बजेटमध्ये २४ लाख खर्च गरेको छ ।