सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण शून्य « Image Khabar


सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण शून्य



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण शून्य देखिएको छ ।

२४ घण्टामा प्रदेशभर एन्टीजेन विधिबाट ५ सय ५७ जनाको नमूना परीक्षण गर्दा एकजनामा पनि संक्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना संक्रमणमुक्त भएको निर्देशनालयको तथ्याङ्क छ । यस अवधिमा प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

सुदूरपश्चिममा हालसम्म ३ लाख ७३ हजार ४२ जनाको परीक्षण गरिएकामा ४७ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।