
काठमाडों, पुस १५ । काठमाडौं सोह्रखुट्टेमा पानी बोक्ने ट्याङ्करले ६ वटा गाडीलाई ठक्कर दिएको छ । ब्रेक नलाग्ने पानी बोक्ने एउटा ट्याङ्करको ठक्करबाट छ वटा गाडीमा क्षति पुगेको छ ।
बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्याङ्कर ओरालोमा ब्रेक नलागेपछि अगाडिका गाडीलाई ठक्कर दिँदै एउटा घरमा पुगेर जोतिएको थियो ।
ठक्करबाट चार वटा कार, एउटा बस र एउटा मोटरसाइकलमा क्षति पुगेको छ । अनियन्त्रित ट्याङ्कर वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएर रोकिएको थियो । घरमा पनि सामान्य क्षति भएको छ ।
ठक्करबाट मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । ट्यांकर चालक गाडी छाडेर भागेका छन् ।
तस्वीरः किङ वीरेन्द्र एण्ड क्वीन ऐश्वर्य फेसबुक पेज ।
प्रतिक्रिया दिनुहोस्