सडक झरेपछि मेची राजमार्ग अवरुद्ध « Image Khabar


सडक झरेपछि मेची राजमार्ग अवरुद्ध


0
Shares

इलाम । मेची राजमार्गको इलामस्थित धोविधारा खण्ड अवरुद्ध भएको छ ।

सडकको आधाभन्दा धेरै भाग दबिएर झरेपछि राजमार्गमा गुड्ने सवारी साधनलाई इलाम बजार क्षेत्रबाट डाइभर्ट गरिएको प्रहरीले जनाएको छ ।

राजमार्गको माथिल्लो भागबाट पनि निरन्तर पहिरो झरेकाले माथिल्लो सडक रहेको नारायणस्थान मन्दिरछेउसम्म जोखिम बढेको छ ।

राजमार्गबाट बजार प्रवेश गर्ने मन्दिर नजिकैको क्षेत्रमा पनि पहिरो झरिरहेकाले त्यस क्षेत्रका दर्जनौं घर जोखिममा रहेको स्थानीय बताउँछन् ।

राजमार्ग अवरुद्ध हुनेगरी पहिरो झरेको ठाउँमा तल्लोपट्टि पनि अग्लो भीर रहेकाले पुनः राजमार्ग सञ्चालन गर्न निकै समय लाग्ने देखिएको छ ।