झापा । जिल्लामा ग्यास लिक भएर आगलागी हुँदा जलेको झापाका एक दम्पतीको उपचारको क्रममा मृत्यु भएको छ ।
गत शनिबार आगलागी हुँदा जलेका अर्जुनधारा नगरपालिका– ७ स्थित पुष्पलाल मार्गका ४२ वर्षीय रोमनाथ खनाल र उनकी ३८ वर्षीया श्रीमती दुर्गाको उपचारका क्रममा सोमबार राति काडमाडौंको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो ।
दम्पतीसँगै जलेका छोरा पंकज र रोमनाथकी आमा मंगलादेवीको सोही अस्पालमा उपचार जारी छ ।
आगलागीमा जलेर घाइते भएका खनाल परिवारका चारै जनाको झापामा उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्