Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


एमालेबाट चोइटिएकाहरू समाप्त हुन्छन्, उनीहरूको भविष्य छैन– ईश्वर पोखरेल

निजामती सेवामा शुद्धिकरण आवश्यक रहेकाे बादलकाे भनाइ

0
Shares

काठमाडौं । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुने बताउनुभएको छ ।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरूको भविष्य नभएको बताउनुभयो ।

उहाँले एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताउनुभयो । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उहाँले बताउनुभयो ।

‘अहिले देखा परेको नकारात्मक धार को–को नेता गए, को–को नेताहरू चोइटिएर गए त्यो छोडिदिनुस्,’ उहाँले भन्नुभयो, ‘त्यो नकारात्मक धार, विग्रहको धार, विभाजनको धार सकिनेछ, समाप्त हुनेछ, त्यसको भविष्य छैन ।’

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवामा शुद्धिकरण आवश्यक रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गर्नुभयो ।

थापाले कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति उदासिन हुने हो भने देशको विकास नहुने बताउनुभयो । प्रशासन सञ्चालनको कार्यशैलीमा आमुल परिवर्तन गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे । प्रशासनलाई उच्च प्रविधिहरूसँग जोड्दै आधुनिकीकरण गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

Skip This