४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


देउवा निवासमा भारतीय राजदूत पुरीको ‘लन्च’ !


0
Shares

काठमाडौं, पुस ८ । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिदाई ‘लन्च’ दिएका छन् ।

राजदूत पुरीलाई सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठ बोलाएर ‘लन्च’ गराएका हुन् । लन्च मिटिङमा देउवाका साथै बरिष्ठ नेता रामचन्द्र पौडेल र पदाधिकारीहरु पनि सहभागि थिए ।

सहमहामन्त्री प्रकाशशरण महतले राजदूत पुरीसँग राजनीतिक कुराकानी नभएको र सभापतिज्यूकहाँ ‘लन्च’ खाने कार्यक्रम मात्र रहेको बताए ।
सन् २०१७ मार्चमा नेपाल आएका पुरी तीन वर्षपछि कार्यकाल सकाएर स्वदेश फर्कन लागेका हुन् ।