काठमाडौंमै बोक्सी झार्न भन्दै यातना दिने चारजना पक्राउ « Image Khabar


काठमाडौंमै बोक्सी झार्न भन्दै यातना दिने चारजना पक्राउ


Border circle
Imagekhabar

काठमाडौं, भदौ २९ । काठमाडौंको ठूलो भ–याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा ललितपुरको लुभुकी महिलालाई यातना दिएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरका धामी काम गर्ने दिपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन पक्राउ परेका हुन । भदौ २१ गते पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लान आग्रह गरेकोमा उनले धामी थिङ कहाँ लगेका थिए ।

ट्याक्सीमा हालेर धामीकहाँ लगेपछि धामीसँग मिलेर चार जनाले ‘बोक्सी चढेको’ भन्दै हात जोड्न लगाएर निलडाम हुनेगरी ती महिलालाई कुटेको पाइएको प्रहरीले जनाएको छ ।

यातना दिनेहरु बिरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्