पहिरोले अवरुद्ध नागढुंगा-नौबिसे सडकखण्ड खुल्यो « Image Khabar


पहिरोले अवरुद्ध नागढुंगा-नौबिसे सडकखण्ड खुल्यो


Border circle
Imagekhabar

बराज छत्कुली

धादिङ । अविरल वर्षासङ्गैको पहिरोले अवरुद्ध भएको राजधानी काठमाडौं छिर्ने नाका एकतर्फी खुलेको छ ।

त्रिभुवन राजपथको नागढुंगा नौबिसे खण्डको चिसापानीमा पहिरो झरेपछि बिहान ९ बजेदेखि राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधन रोकिएका थिए ।

ट्राफिक प्रहरीका सडक डिभिजन कार्यालय काठमाडौंबाट गएको डोजरले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाएको हो ।

केहिबेरमा दुबैतर्फ सडक खुल्ने महानगरीय प्रहरी प्रभाग थानकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्