
मुस्ताङ, मंसिर २७ । मुस्ताङमा चिसो अत्यधिक बढेको छ । चिसो बढेर तापक्रम माइनस १५ मा झरेको छ । खोला, ताल र धाराको पानी नै जमेको छ ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासीले बताएका छन् । त्यहाँको तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको हो ।
सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्नेहरु पुगेका छन् । बिहीबार रातिदेखि लगातार हिउँ परेको छ ।
चिसोका कारण स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । निजी र सरकारी कामहरु प्रभावित बनेको जनाइएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा जाडो छल्न पोखरा, काठमाडौँ, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा झरेका छन् ।
प्रतिक्रिया दिनुहोस्