Logo २ आश्विन २०८३, शुक्रबार | Sat Sep 19 2026


पेरुलाई ३–२ गोलअन्तरले हराउँदै कोलम्बिया तेस्रो स्थानमा


0
Shares

एजेन्सी । पेरुलाई ३–२ गोलअन्तरले हराउँदै कोलम्बिया कोपा अमेरिका कपमा तेस्रो स्थान हासिल गरेको छ ।

ब्राजिलको ब्रासिलिया डिस्ट्रिटो फेडरलमा आज बिहान भएको खेलमा एक गोलले पछि परेको कोलम्बियाका लुइस डियाजले दुई तथा जुआन कोर्डाडोले एक गोल गरेपछि पेरुमाथि ३–२ पुनरागमन जित निकाल्दै तेस्रो स्थान हासिल गरेको हो ।

पेरुका योसिमार योटन र जियानलुका लापाडुलाले गोल सान्त्वना गोल गरे । जितसँगै कोलम्बियाले समूह चरणमा भोगेको हारको बदला लिएको छ ।

समूह चरणमा पेरुले २–१ को जित निकालेको थियो । कोपाको उपाधिको लागि भोली बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच माराकाना स्टेडियममा नेपाली समयअनुसार पौने ६ बजे हुनेछ ।