Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


राष्ट्रपतिबाट न्याय परिषद् सदस्यमा भण्डारी नियुक्त


0
Shares

काठमाडौं, असार १० । राष्ट्रपति विद्या भण्डारीले न्याय परिषदको रिक्त पदमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिशमा खनियापानी–९, रामेछाप निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारीलाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको हो ।