Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ


0
Shares

चितवन । ज्यान मार्ने उद्योग मुद्दाका फारार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भरतपुर महानगरपालिका–१६ लालचोक बस्ने ३५ वर्षीय सन्तोष भन्ने सन्तलाल तामाङलाई पक्राउ गरेको हो ।

तामाङले गत वर्ष पुष १६ गते सोही स्थानका भगेरीथान बस्ने ३९ वर्षीय दुर्गा कुमाललाइ बाटोमा हिडिँरहेको अवस्थामा चक्कुले टाउकोमा प्रहार गरी बनाएर फरार रहेको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।

तामाङलाई बुधबार बेलुकी पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।