Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ताकपडा, औषधि र पानीको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न सम्बद्ध निकालाई निर्देशन दिनुभएको छ ।

वर्षाका कारण उत्पन्न बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न उहाँले निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र हाल सोही अनुरुप कार्य भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्रीले उद्धार र राहत कार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिनुभएको छ ।

ओलीले ठूलो संख्यामा जनताालाई सुरक्षित स्थानमा सार्दा उनीहरुमै कोभिड १९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नु बताउनुभयो ।

यसैगरी उहाँले तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सिमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न तथा पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्न निर्देशन दिनुभयो ।