लेस्टर सिटीको ऐतिहासिक जित: साउथह्याम्पटनमाथि गोलको बर्षा • Image Khabar Image Khabar


लेस्टर सिटीको ऐतिहासिक जित: साउथह्याम्पटनमाथि गोलको बर्षा


Imagekhabar
९ कार्तिक २०७६, शनिबार ०९:१५

लेस्टर सिटीको ऐतिहासिक जित: साउथह्याम्पटनमाथि गोलको बर्षा

काठमाडौं । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा ऐतिहासिक जित निकाल्दै २४ वर्ष पुरानो कीर्तिमानसँग बराबरी गरेको छ ।

गएराति भएको खेलमा लेस्टरले १० खेलाडीमा समेटिएको साउथह्याम्पटनलाई ९ – ० गोलको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमान बराबरी गरेको हो ।

प्रिमियर लिगमा पछिल्लो २४ वर्षपछि पहिलोपटक ९–० को जित निस्किएको हो । यसअघि सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इपस्वीचविरुद्ध ९–० को जित निकालेको थियो ।

साउथह्याम्पटनको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भर्डी र आयोजे परेजले ह्याट्रिक गरे । यस्तै बेन चिलवेल, युरी टेलिमान्स र जेम्स म्याडिसनले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमै रायन बेरट्राण्डले रातो कार्ड पाउँदा घरेलु टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

यो जितसँगै लेस्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ । १० खेलबाट लेस्टरले २० अंक जोडेको छ । १८ औं स्थानको साउथह्याम्पटनको ८ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्