१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एसियन एमच्योर चेस च्याम्पियनसिप कात्तिक तेस्रो सातादेखि काठमाडौंमा


0
Shares

काठमाडौं, कात्तिक ८ । एसियन एमच्योर चेस च्याम्पियनसिप कात्तिक तेस्रो सातादेखि काठमाडौंमा हुने भएको छ ।

यही कात्तिक २२ देखि २९ गतेसम्म हुने प्रतियोगितामा एसियाका ३० देशका १०० बढी खेलाडीले सहभागिता जनाउने आयोजक नेपाल बुद्धिचाल संघले जनाएको छ ।

नेपालमा आयोजना भएकामध्येको सबैभन्दा ठूलो प्रतियोगिताका खेलहरु ‘स्वीस लिग’ प्रणालीअनुसार ९ चरणसम्म सन्चालन हुनेछन् ।

कुल १३ हजार ५०० अमेरिकी डलर पुरस्कार राखिएको प्रतियोगितामा विभिन्न विधाका ३७ खेलाडी पुरस्कृत हुनेछन् ।

जननेता मदन भण्डारीको स्मृतिमा गरिने यो प्रतियोगिताको नामाकरण ‘मदन भण्डारी मेमोरियल एसियन एमच्योर चेस च्याम्पियनसिप’ राखिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न दुई करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।