१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


अन्तराष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने तीन जना पक्राउ


0
Shares

चितवन । –चितवनबाट अन्तराष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने तीन जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–१० रिजालचोकमा कोठा भाडामा लिई अन्तराष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने तीन युवालाई केन्द्रीय अनुसन्धान व्युरो (सिबिआई) र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२२ बस्ने २२ वर्षीय सुनिल अधिकारी, रुपन्देही तिलोत्तमा नगरपालिका–११ बस्ने ३१ वर्षीय विजयी गुरुङ, सोही स्थानका ३२ वर्षीय मिनप्रसाद रिजाल रहेका छन् ।

प्रहरीले उनीहरको साथबाट विभिन्न १४ प्रकारका उपकरणहरु समेत बरामद गरेको छ । विगत केही समयदेखी जिल्लाका विभिन्न स्थानमा सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रुपमा अन्तराष्ट्रिय आगमन कल बाईपास गरिरहेको सूचनाको आधारमा प्रहरीले खोजतलास गरी पक्राउ गर्न सफल भएको हो ।

उनीहरुलाई दुरसंचार ऐन २०५३ अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता प्रभु ढकालले जानकारी दिए ।