पेप्सीकोलामा बसको ठक्करबाट वृद्धको मृत्यु • Image Khabar Image Khabar


पेप्सीकोलामा बसको ठक्करबाट वृद्धको मृत्यु


Imagekhabar
१० फाल्गुन २०७७, सोमबार १७:२०

accident

काठमाडौं । पेप्सीकोलामा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मुलपानीबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ९६६१ नम्बरको बसले बाटो काट्ने क्रममा सवा १० बजे ठक्कर दिँदा वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा खोटाङ्गको दिक्तेल मझुवागढी गाउँपालिका–९ घर भएका ७४ वर्षीय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।

बसको ठक्करबाट घाइते श्रेष्ठको उपचारको क्रममा मदरल्याण्ड अस्पताल पेप्सीकोलामा मृत्यु भएको महानगरीय प्रहरी प्रभाग काँडारीले जनाको छ ।

बस सहित चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्