दुई दशकदेखि नेपाली जमिन भारतीय कब्जामा • Image Khabar Image Khabar


दुई दशकदेखि नेपाली जमिन भारतीय कब्जामा


Imagekhabar
२६ माघ २०७७, सोमबार १२:०४

दुई दशकदेखि नेपाली जमिन भारतीय कब्जामा

दुर्गा उपाध्याय

कञ्चनपुरको पुनर्वास र बेलौरी नगरपालिकाको सीमामा पर्ने लालपुर्जा भएको जमिन स्थानीयले भोगचलन गर्न नपाएको दुई दशक पुरा भएको छ ।

२०२४ सालदेखि बसोबास गर्दै आएका यहाँका स्थानीयलाई २०३६ सालमा नेपाल सरकारले नै जग्गाधनी दर्ता प्रमाण पुर्जा दिएको थियो । तर २०५७ सालमा भारतीय पक्ष आएर जमिन आफ्नो रहेको भन्दै खेतमा काम गरिरहेका नेपालीमाथि हातपात गरे ।

पाक्न लागेको अन्नसमेत भित्र्याउन नदिएर सो जमिनलाई दुई दशकदेखि कब्जा गरेका छन् । ‘२०५७ सालमा पाक्न लागेको धान काटेर लगे’, जोत्न पनि दिदैन, भारतका जमिनदारले हाम्रो भनेर दावी गरिरहेका छन्’, स्थानीय करन बहादुर सुनारले भने ‘न सरकारले सुन्छ, मालपोतमा पैसा तिरीरहेका छौं ।’

यता मान बहादुर सुनार पनि दुई दशकदेखि आफ्नो जमिनमा खेतीपाती गर्न पाउनुभएको छैन् । तर सरकारलाई कर भने दुबैजनाले वर्षेनी तिर्दै आउनुभएको छ । भारतीय पक्षले नेपालीलाई आफ्नो जमिन भोगचलन गर्न मात्रै रोक लगाएको छैन्, नेपाल सरकारले दिएको जग्गाधनी दर्ता प्रमाण पुर्जासमेत गलत भएको बताउँदै आएको छ ।

आफ्नो जमिन भारतीयले कब्जा गरेपछि मान बहादुर सुनारले जग्गाको नक्सा र जग्गाधनी प्रमाण पुर्जासहित भारतको लखनउमा गएर मुद्दा दर्ता गरेको बताउनुहुन्छ । तर त्यसको हालसम्म कुनै प्रतिक्रिया भने आएको छैन् ।

छोरालाई कुट , त्यहीँ जमिनको कमाई खाइरहेको छ तर खन जोत गर्न मिल्दैन स्थानिय मान बहादुर सुनारले दुखेसो भोखे ।

पुनर्वास नगरपालिका– ४ स्थित कार्गिल डाँडानजिक पर्ने सीमा स्तम्भ २०० नम्बर लामो समयदेखि हराएको छ । तर दुई वर्षअघि बनेको नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले भने हाल गोविन्द गौतमलाई गोली लागेको स्थान नजिक रहेको बकाइनोको रुखलाई २०० नम्बर सीमा मानेको छ ।

जसमा रुखभन्दा दक्षिण रहेको काक्री ताल भारततर्फ पर्ने देखिन्छ । तर यसअघिको नक्सालाई हेर्ने हो सो ताल नेपालमा रहेको प्रष्ट देखिएको छ ।

पुनर्वास नगरपालिका– ४ का वडाध्यक्ष प्रेम बहादुर बस्नेतले २ सय नम्बर पिलर सँग जोडिएको र हाम्रो बेरौरीमा पर्ने लालपुर्जा भएको जग्गा भएको बताए । उनका अनुसार अहिले उनीहरुले त्यही जग्गामा केही गर्न दिएका छैनन् । पहिले देखि चलिआएको भएपनि द्धन्दको समयपछि सुरु भएको विवाद अझै कायम रकेको उनको भनाई छ।

कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी र दोधाराचाँदनीमा पनि यस्ता समस्या छन् । गत वर्ष मात्रै नेपाल–भारत संयुक्त सीमा सर्भे टोली सीमास्तम्भ निर्माणका क्रममा कञ्चनपुरको अधिकांश ठाउँमा नेपालतर्फ सीमा सरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्