भुमिहीन र अव्यवस्थित बसोबासीको लगत संकलन शुरु • Image Khabar Image Khabar


भुमिहीन र अव्यवस्थित बसोबासीको लगत संकलन शुरु


Imagekhabar
२५ माघ २०७७, आईतवार ११:००

भुमिहीन र अव्यवस्थित बसोबासीको लगत संकलन शुरु

सर्लाही । सर्लाहीमा भुमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन शुरु भएको छ ।

हाल जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिपुर, हरिवन, बागमती तथा बरहथवा नगरपालिकामा लगत संचालन भैरहेको छ ।

सम्बन्धित वडाध्यक्षको सिफारिसमा स्थानीय तहले भुमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित रुपमा बसोबास गर्दै आएका स्थानीयको नाममा लालपुर्जा बनाउन सिफारिस गर्ने छ ।

अव्यवस्थित रुपमा बसोबास गरि रहेकाहरुलाई व्यवस्थित बनाउन अभियान सञ्चालन गरिएको ईश्वरपुर नगरपालिकाका मनोज कुमार देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्