Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


मकवानपुरमा ज्येष्ठ पत्रकारलाई पेन्सन


0
Shares

हेटौंडा, मंसिर २४ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजार रुपैयाँका दरले पेन्सन दिने भएको छ ।

पत्रकार महासंघ मकवानपुर शाखाको बुधबारको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पारित गर्दै पेन्सनको सुरुआत गर्न लागेको हो ।

पत्रकार महासंघ मकवानपुर शाखाले वाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ जम्मा गरेको छ ।

महासंघ मकवानपुर शाखामा आवद्ध सदस्यहरुमध्ये ज्येष्ठ सदस्यको जीवन निर्वाहका लागि पेन्सन दिन लागिएको हो ।

राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट कुनैपनि संघ–संस्था, गैरसरकारी संस्थाबाट सेवा–सुविधा प्राप्त हुने पदमा वहाल रहेको भए मासिक पेन्सन उपलब्ध गराइने छैन ।

Skip This