
बागलुङ, मंसिर २२ । ठेकेदार कम्पनीको लापरवाहीका कारण लामो समयदेखि अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा बिहीबारदेखि भने काम हुने भएको छ ।
मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले चट्टान कटानका लागि समय माग गरेपछि दैनिक ६ घण्टा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शुरेस न्यौपानेले जानकारी दिनुभयो ।
लोकमार्गको खहरेमा विहान ७ बजे देखि ९ बजे सम्म र दिउँसो ११ बजे देखि ३ बजे सम्म बन्द गरेर चट्टान काट्ने निर्णय गरीएको छ ।
मंसिर २५ देखि पुष १५ गतेसम्म खहरेको चट्टान काट्ने गरी जिल्ला प्रशासनले समय तालिका समेत बनाई सकेको छ ।
सवारी साधनहरुलाई वैकल्पिक सडक प्रयोग गर्न मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाका कार्यालय प्रमुख मेघराज मराशीनीले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्