पछिल्लो २४ घण्टामा १४९० संक्रमित, १५६७ जना संक्रमणमुक्त « Image Khabar


पछिल्लो २४ घण्टामा १४९० संक्रमित, १५६७ जना संक्रमणमुक्त


Imagekhabar
१७ मंसिर २०७७, बुधबार १६:३८

काठमाडौं, मंसिर १७ । पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टा ८ हजार ३ सयको पीसीआर परीक्षण भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १५३८ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्