पछिल्लो २४ घण्टामा १२५५ संक्रमित, १४०४ संक्रमणमुक्त, २५ जनाको मृत्यु « Image Khabar


पछिल्लो २४ घण्टामा १२५५ संक्रमित, १४०४ संक्रमणमुक्त, २५ जनाको मृत्यु


Imagekhabar
१४ मंसिर २०७७, आईतवार १६:४३

काठमाडौं, मंसिर १४ । पछिल्लो २४ घण्टामा १२५५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५५ जना संक्रमित थपिएका हुन् ।

यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

देशभर १७९०९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १४७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्