पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु


0
Shares

पोखरा, मंसिर ८ । पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा पायलटको मृत्यु भएको छ ।

एक यात्रु घाइते भएकी छन् ।

दुर्घटनामा परी पोखरा –२८ कालिकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो ।

घाइते हुनेमा काठमाडौको बूढानीलकण्ठ नगरपालिका वडा –२ की २८ वर्षीया शीला श्रेष्ठ हुन् ।

फिस्टेल नेपालअन्तर्गतको ग्लाइडर फेवाताल किनारमा ल्याण्ड गर्नेक्रममा आज खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झण्डै डेढ किलोमिटर माथि दुर्घटनामा परेको हो ।

दुर्घटनापछि घाइते दुवैजनालाई उपचारका लागि पोखराको सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा पु¥याइएकोमा पाइलट नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते श्रेष्ठको छाती र खुट्टामा चोट लागेको छ ।