अमेरिकाले दियो नेपाललाई एक सय थान भेन्टिलेटर, सातै प्रदेश र सरकारी अस्पतालहरुमा पठाइने • Image Khabar Image Khabar


अमेरिकाले दियो नेपाललाई एक सय थान भेन्टिलेटर, सातै प्रदेश र सरकारी अस्पतालहरुमा पठाइने


Imagekhabar
२८ कार्तिक २०७७, शुक्रबार १४:२२

us support ventilator to nepal

काठमाडौं, कात्तिक २८ । अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध उपचारमा प्रयोग गर्न एक सय थान भेन्टिलेटर प्रदान गरेको छ ।

कोभिड १९–विरुद्धको उपचारमा प्रयोग गर्न अमेरिकी सरकारले नेपाललाई उक्त भेन्टिलेटर सहयोगमा उपलब्ध गराएको हो ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) मार्फत नेपाललाई प्रदान गरिएको उक्त भेन्टिलेटर नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत भेन्टिलेटरले सहयोग पुर्‍याउने आशा व्यक्त गर्नुभयो ।

७० वर्षभन्दा लामो समयदेखि विपद्, द्वन्द्व र कठिन अवस्थामा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएको भन्दै उहाँले सहकार्य निरन्तर रहने बचन दिनुभयो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडविरुद्धको मोर्चामा अमेरिकाले दिएको साथको प्रशंशा गर्दै ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोप्रति धन्यवाद दिनुभयो ।

भेन्टिलेटर सातै प्रदेशमा सात/सात वटाका दरले पठाइने र बाँकी भेन्टिलेटर हरेक सरकारी अस्पतालमा दुई/दुई वटाका दरले वितरण गरिने ढकालले जानकारी दिनुभयो ।

भेन्टिलेटरका सहयोगअतिरिक्त यूएसआईडीले देशका एक सय १३ पालिकामा संक्रमण अनुसन्धान टोलीलाई सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्