तरकारी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु • Image Khabar Image Khabar


तरकारी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


रासस
२६ कार्तिक २०७७, बुधबार १५:३५

तरकारी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, कात्तिक २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना५३प ९७५३ नंको मोटरसाइकलाई बुधबार बिहान ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्