२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


प्रदेश १ मा ३१५ जना संक्रमित थपिए


0
Shares

विराटनगर, कात्तिक २१ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३१५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सो अवधिमा गरिएको एक हजार १९७ जनाको पिसिआर परीक्षणमा १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १२३ मध्ये विराटनगरमा ८९, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभामा एक÷एक र प्रदेश बाहिरका सात जना रहेका छन् ।

यसप्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ११७ पुगेको छ ।

प्रदेशमा सोही अबधिमा ३५० जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ४६ पुगेको छ ।

प्रदेशमा हालसम्म एक लाख ६७ हजार ३०० सयको पिसिआर परीक्षण गरिएको थियो छ ।