Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


रसुवा र नुवाकोटसहित ३६ जिल्ला आज पनि आकस्मिक बाढीको जोखिममा (सूचीसहित)


0
Shares

काठमाडौं । रसुवा र नुवाकोटसहित देशका ३६ जिल्लामा बुधबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे पूर्वानुमान गरिएकाे छ।

बाढी पूर्वानुमान महाशाखाले भारी वर्षासँगै कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे। बुधबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुंङ, रुकुम पूर्व, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भएर बहने स-साना नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरिएकाे छ।

साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे।