बागलुङका पाँच पालिकामा अस्पताल निर्माणका लागि चार करोड १० लाख निकासा • Image Khabar Image Khabar


बागलुङका पाँच पालिकामा अस्पताल निर्माणका लागि चार करोड १० लाख निकासा


इमेजखबर
१८ कार्तिक २०७७, मंगलवार १८:०३

बागलुङका पाँच पालिकामा अस्पताल निर्माणका लागि चार करोड १० लाख निकासा

बागलुङ, कात्तिक १८ । अर्थ मन्त्रालयले बागलुङका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख रुपैयाँ बजेट निकासा गरेको छ ।

स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नति गर्नका लागि बजेट विनियोजन गरिएको हो ।

जिल्लाका बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नति गरी अस्पताल निर्माण गर्नका लागि उक्त रकम विनियोजन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।

बागलुङका पाँच स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन अर्थ मन्त्रालयले बजेट स्वीकृत गरी निकासा गरी पठाइसकेको महाशाखाका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहमा अस्पतालको मापदन्डसमेत पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्