काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो, २२७ जनाको मृत्यु • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो, २२७ जनाको मृत्यु


प्रज्ञा तिमल्सिना (इमेज)
३० आश्विन २०७७, शुक्रबार १७:४७

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो, २२७ जनाको मृत्यु

काठमाडौं, असोज ३० । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५१ हजार नाघेको छ । पछिल्लो समय बढ्दै गएको संक्रमणका कारण उपत्यका जोखिममा परेको छ ।

देशभर हाल ३७ हजार ३८२ संक्रिय संक्रमित रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र २२ हजार २२९ जना छन् । यो संख्या देशभर कुल सक्रिय संक्रमित संख्याको झन्डै ६० प्रतिशत हो ।

हाल काठमाडौं जिल्लामा मात्र १७ हजार ६८५ जना सक्रिय संक्रमित छन् । यस्तै, ललितपुरमा दुई हजार ९१४ र भक्तपुरमा एक हजार ६३० जना रहेका छन् ।

हालसम्म काठमाडौं उपत्यकामा ५१ हजार ९४१ जनामा संक्रमण देखिएको छ । जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन् ।

काठमाडौंमा हाल ४१ हजार ८१३ जनामा संक्रमण देखिसकेको छ भने ललितपुरमा पाँच हजार ९२९ जना र भक्तपुरमा चार हजार १९९ जना रहेका छन् ।

साउन महिनायता उपत्यकामा ५१ हजार ५५९ जना संक्रमित थपिएका छन् । भदौ अन्तिमसम्म ११ हजार पुगेको संक्रमितको संख्या असोज अन्तिमा भने यो संख्या ५१ हजार नाघेको छ ।

उपत्यकामा एक महिनाभित्रमात्र ४० हजारमा संक्रमण देखिएको छ । उपत्यकामा दिनहुँ दुई हजारमाथि संक्रमित भेटिने गरेका छन् । जसमा सबैभन्दा धेरै काठमाडौंका रहेका छन् ।

उपत्यकामा भेटिएका संक्रमितको संख्या देशभरका कुल संक्रमित संख्याको ४१ प्रतिशत हो ।

कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्र २२७ जनाले ज्यान गुमाएका छन् ।

संक्रमणको रफ्तार हेर्दा आगामी दिन यो अझै आक्रामक ढंगले बढ्ने निश्चित छ । अब पनि सुरक्षा सावधानी नबढाउने हो भने भोलिका दिन झनै कष्टकर बन्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्