स्वास्थ्यकर्मीलाई लक्षण देखिए वा पोजिटिभ भए मात्र आइसोलेसनमा बस्न मन्त्रालयको निर्देशन • Image Khabar Image Khabar


स्वास्थ्यकर्मीलाई लक्षण देखिए वा पोजिटिभ भए मात्र आइसोलेसनमा बस्न मन्त्रालयको निर्देशन


Imagekhabar
३० आश्विन २०७७, शुक्रबार १७:३०

स्वास्थ्यकर्मीलाई लक्षण देखिए वा पोजिटिभ भए मात्र आइसोलेसनमा बस्न मन्त्रालयको निर्देशन

काठमाडौं, असोज ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरामीको उपचारमा खटिएका चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा पोजिटिभ आएपछि मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्न निर्देशन दिएको छ ।

मन्त्रालयको हिजो बसेको सचिव स्तरीय बैठकले प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मी वा कर्मचारीलाई पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसनमा बस्न आग्रह गरेको हो ।

संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी , चिकित्सक तथा अन्यकर्मचारीहरुको व्यवस्थापन सम्बन्धि मार्ग निर्देशिका परिमार्जन गर्दै यो व्यवस्था लागु गराउन खोजिएको मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालयले कोभिड सबै अस्पतालहरुलाई समेत पत्रचार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्