जुम्ला प्रहरी प्रमुख काफ्लेलाई कोरोना संक्रमण • Image Khabar Image Khabar


जुम्ला प्रहरी प्रमुख काफ्लेलाई कोरोना संक्रमण


Imagekhabar
२६ आश्विन २०७७, सोमबार २०:२३

जुम्ला प्रहरी प्रमुख काफ्लेलाई कोरोना संक्रमण

काठमाडौं । जुम्ला प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेलाई सोमबार कोरोना पोजेटिभ पुष्टि भएको हो ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणका लागि हिजो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा सोमबार आएको रिपोर्टमा उहाँमा कोरोना पोजेटिभ देखिएको काफ्ले स्वयंले जानकारी दिनुभएको छ ।

काफ्ले अहिले आफ्नै क्वाटरमा होम आइसोलेसनमा बस्नुभएको छ ।

काफ्लेलाई केही दिनअघि देखि रुघा र ज्वराले सताएको थियो ।

प्रतिक्रिया दिनुहोस्