२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


एनसेलले ल्यायो सुलभ दरमा डेटा सेवा


0
Shares

काठमाडौं, असोज १४ । एनसेलका ग्राहकले बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने जनाएको छ ।

एनसेल आजियाटा लिमिटेड आफ्ना ग्राहकलागि आकर्षक साप्ताहिक पेएजयुगो योजना ल्याएको हो ।

जसअन्तर्गत ग्राहकले कर बाहेक ४) पैसा प्रति एमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन् ।

यो योजना बुधबार देखि लागु भएको छ ।

पेएजयुगो अर्थात मेन ब्यालेन्सबाटै विद्यमान प्रति एमबी कर बाहेक २ रुपैयामा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको हो ।

यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जाने एनसेलले जनाएको छ ।

आफ्ना ग्राहककालागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेल निकै हर्षित रहेकोे कम्पनीले जनाएको छ ।